जुम्लामा पाँच हजारको स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

जुम्लामा पाँच हजारको स्वास्थ्य परीक्षण


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका आठ स्थानमा राखिएका स्वास्थ्य सहायता कक्षामा आइतबारम्म पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

कोभिड –१९ को संक्रमण ध्यानमा राखी यहाँका तिला, हिमा, सिँजा, कनकासुन्दरी, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथमा स्थापित कक्षमा स्वास्थ्य परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।

जिल्लाभर २६३ जना १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । हाल १३ पुरुष मात्र क्वारेन्टाइनमा रहेको र जिल्लाका ३३९ जनाको स्वाब पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बञ्जाडेले बताए ।

पाँच सय सवारीसाधन कारबाहीमा

लकडाउन पालाना नगर्ने करीब पाँच सय सवारीसाधन जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रण लिई कारवाही गरेको छ । मोटरसाइकल ४३० र चारपाङ्गे्र ८३ सवारी साधन प्रहरीले नियन्त्रण लिएको जनाइएको छ ।

सम्बन्धित निकायबाट जारी गरेको पास लिएका सवारी साधनबाहेक अरुमाथि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

घरघरमा जनप्रतिनिधि

जिल्लाका आठ स्थानीय तहका जनप्रतिनिधि कोराना भाइरसविरुद्ध सेवा प्रवाह गर्न घरदैलामा पुगेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि कोभिड–१९ फैलिन नदिन सक्रिय नभई लकडाउनका कारण काम गर्न नपाएका मजदूर एवं न्यून आयस्रोत भएका स्थानीयबासीलाई र घरघरमै पुगेर राहत वितरण गर्ने गरेको हिमा गाउँपालिका वडा नं १ की नन्ददेवी सार्कीले बताउनुभयो ।
कोरोनाविरुद्ध वडाबासीलाई चेतना दिन वडाध्यक्षको नेतृत्वमा चार सदस्यीय टोली परिचालन गरिएको तिला १ का वडाध्यक्ष प्ररबहादुर रावतले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : ४७ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन