सुजिता हत्या प्रकरण : शौचालयको ट्याङ्की भित्र शव | Khabarhub Khabarhub

सुजिता हत्या प्रकरण : शौचालयको ट्याङ्की भित्र शव


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरी भ्रमपूरा – ७ की सुजिता ठाकुरको हत्या गरी शव शौचालयको ट्याङ्कीमा गाडिएको पाइएको छ ।

आइतबार प्रदेश प्रहरीले शव गाडिएको ठाउँमा उत्खनन् गरिरहेको छ ।

प्रहरीका अनुसार निर्माणाधीन शौचालयको ट्याङ्की भित्र शव गाडिएको छ । शवलाई टुक्रा–टुक्रा पारी ट्याङ्की भित्र गाडेर माथिबाट सिमेन्टले प्लास्टर गरिएको छ । प्रहरीले प्लास्टर भत्काएर शव निकाल्ने काम गरिरहेको छ ।

सुजिताको हत्या ससुरा पतिराम ठाकुर र देवर रुपेश ठाकुरले गरेको खुलेको छ । हत्या आरोपमा श्रीमान मुकेश र देवर पक्राउ परेका छन् भने ससुरा अझै फरार छ ।

केही दिन अघि सुजिताको हत्या भएको खुल्ने केही प्रमाणहरू घर नजिकैको खेतमा भेटिएको थियो । माइती पक्षले हत्याको शंका गरेपछि सुजिताको शवलाई खेतबाट ल्याएर शौचालयको ट्याङ्कीमा गाडिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

यो पनि पढ्नुहोस्

महोत्तरीकी बेपत्ता सुजिता : शवको अवशेष फेला पर्‍यो, फेला परेन रहस्य

सुजिताको हत्या आरोपमा श्रीमान् र देवर पक्राउ

एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : ४८ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी