एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू | Khabarhub Khabarhub

एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका – ७ की २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको प्रहरीले आशंका गरेको छ । आइतबार महोत्तरी प्रहरीले घर नजिकैको खेतमा गाडेको अवस्थामा केही सम्भावित प्रमाणहरू फेला पारेको हो ।

सुजिता गत जेठ २० गतेदेखि बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा (घरदेखि करिब डेढ किलोमिटर टाढा) उत्खनन् गर्दा हत्या भएको केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।

शरीर गलाउनका लागि मलखाद र नुन प्रयोग गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार हत्या बाहिर गरिएको र उक्त स्थानमा ल्याएर गाडेको हुनसक्छ । थप उत्खनन गर्न बाँकी रहेकाले अन्य प्रमाणहरु पनि भेटिने सम्भावना छ । मधेसी आयोगले घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले उत्खनन् गर्दा हत्या भएको प्रमाणहरु फेला परेको हो ।

सुजिताको हत्या आफ्नै देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरले गरेको आरोप लागेको छ । हत्या आरोपित देवर र ससुरालाई पक्राउ गर्न प्रहरी खोज्न थालिसकेको छ । उनीहरू घरबाट फरार भएका छन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ५२ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर