ठगीको आरोपमा अनमोल केसीविरुद्ध उजुरी | Khabarhub Khabarhub

ठगीको आरोपमा अनमोल केसीविरुद्ध उजुरी


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीमाथि ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरे । उनीमाथि फिल्मकर्मी जयन श्रेष्ठ र रुपेश खड्गीले उजुरी हालेका हुन् ।

‘उजुरी मात्र आएको हो, सम्पर्क गर्ने बुझ्ने गरिरहेका छौं, चलचित्र निर्माता संघमा मिलाउन भनेका छौं,’ डीएसपी बोगटीले भने, ‘खासै ठूलो कुरा होइन, उजुरी परेपछि हाम्रो तर्फबाट सोधपुछ चाहिँ भइरहेको छ ।’

केही समयअघि फिल्म ‘धुपौरे’ मा अनमोल केसीले अभिनय गर्ने सम्झौता भएको थियो । फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्ने चर्चा थियो ।

स्किृप्टमा चित्त नबुझेपछि अनमोलले यो फिल्म छाडेका थिए । यद्यपि फिल्मका निर्देशक साम्तेन भुटियाले भने फिल्म बन्ने भन्दै दाबी गर्दै आएका थिए ।

अनमोलविरुद्ध फिल्म खेल्ने भनेर ५ लाख एडभान्स लिएर पनि फिल्म नखेलेको र ठगी गरेको आरोप लागेको छ ।

अनमोलले ३ महिनासम्म जिम गर्न र अभिनय तालीमका लागि भन्दै थप २ लाख ५० हजार दिएको उजुरीमा उल्लेख छ । उजुरीमा अनमोलले हानी नोक्सानी पुर्‍याएको भन्दै कानून बमोजिम क्षतिपूर्ति दिलाउन अनुरोध गरिएको छ ।

प्रहरीले भने यो मुद्दालाई चलचित्र निर्माता संघमा मिलाउन आग्रह गरेको छ ।

यसबारेमा बुझ्न खोज्दा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

स्रोतका अनुसार अनमोललाई प्रहरीको फोन पुगेको थियो । उनले फिल्मको स्किृप्ट राम्रो बनाएर आए फिल्म खेल्न तयार भएको होइन भने एडभान्स फिर्ता गर्न आफू तयार भएको बताएको स्रोतले दाबी गर्‍यो ।

यद्यपि यो बारेमा अनमोलले पुष्टि गरेका छैनन् ।

अनमोलले आजै फिल्म ‘ए मेरो हजुर ४’ मा छायांकन थालेका छन् । यता यसबारेमा थप बुझ्न खोज्दा निर्माता जयन श्रेष्ठले पनि फोन उठाएनन् ।

यी समाचार पनि पढ्नुहोस्:

स्किृप्ट सम्पादन भएपछि सर्‍यो अनमोलको ‘धुपौरे’

अनमोलको ‘धुपौरे’ मा प्रमोदको इन्ट्री !

‘तान्द्रो’ निर्देशकको फिल्म ‘धुपौरे’ मा अनमोल फाइनल

अनमोलले ‘धुपौरे’ छाडेका छैनन्: निर्देशक

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ५५ बजे

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खजुरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खजुरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा