स्किृप्ट सम्पादन भएपछि सर्‍यो अनमोलको ‘धुपौरे’ | Khabarhub Khabarhub

स्किृप्ट सम्पादन भएपछि सर्‍यो अनमोलको ‘धुपौरे’


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो मंसिरदेखि छायांकनमा जाने गरी तयारी गरेको चलचित्र ‘धुपौरे’ पोस्टपोन्ड भएको छ । अभिनेता अनमोल केसीले अभिनय गर्ने भएपछि यो चलचित्र चर्चामा थियो ।

अनमोलले होम प्रोडक्सनको चलचित्र ‘एन्टी हिरो’ छाडेर ‘धुपौरे’ मा काम गर्ने चर्चा थियो । स्रोतका अनुसार ‘धुपौरे’ को स्किृप्टमा आएको हेरफेरका कारण अनमोलले अहिले नै चलचित्र नगर्ने भएका हुन् । स्रोतले चलचित्रबाट अनमोल केसी बाहिरिन खोजेको दाबी गरेको छ । तर, निर्देशकले भने चलचित्र अनमोल नै रहने बताएका छन् ।

पाइपलाइनमा रहेका अनमोलका चलचित्रमध्ये ‘धुपौरे’ पनि प्रतीक्षित थियो । किनकि यो चलचित्रमा स्टारडम र कुशल निर्देशकीय क्षमताको संयोजन रहने धेरैको विश्वास थियो । निर्देशक साम्तेन भुटियालाई राम्रो चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा लिइन्छ ।

चलचित्र ‘धुपौरे’ लाई लिएर अनमोल पनि उत्साहित थिए । स्रोतका अनुसार चलचित्रको स्किृप्ट हेरफेरमा चित्त नबुझेपछि उनले चलचित्रबाट हात झिक्न खोजेका छन् । यो चलचित्रका लागि भनेर अनमोलले आफ्नो तौल पनि बढाइरहेका थिए ।

चलचित्र जगतमा गसिप चलेपछि ‘धुपौरे’ का निर्देशक भुटियाले भने अनमोल केसीले  चलचित्र नछोडेको दाबी गरेका हुन् ।

जयन श्रेष्ठ र रुपेन्द्र खड्कीले निर्माण गर्ने भनिएको यो चलचित्र मंसिरबाट गर्ने निर्माण टिमले जनाएको थियो । अब भने यो चलचित्रको छायांकन पछाडि धकेलिएको छ ।

‘धुपौरे’ डार्क एक्सन लभस्टोरी विधामा निर्माण हुने भनिएको बताइएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : २७ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको