वीरगञ्जमा बरामद २३ किलो सुन प्रहरीले राजस्व कार्यालयमा बुझायो | Khabarhub Khabarhub

वीरगञ्जमा बरामद २३ किलो सुन प्रहरीले राजस्व कार्यालयमा बुझायो


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरेको २३ किलो बढी सुन थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

बरामद भएको सुन अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको हो ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले सुनसंगै बरामद भएको कागजपत्र पनि राजस्व कार्यालयमा बुझाएको जानकारी दिए ।

प्रहरीले अनुसन्धानबाट हालसम्म भारतीय नागरिक अशोक सिन्हा बस्दै आएको फ्ल्याट उनकी छोरीको नाममा रहेको पत्ता लगाएको छ ।

प्रहरीले गत शनिबार वीरगन्ज महानगरपालिका–५ रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद गरेको थियो ।

यो पनि पढौं

वीरगञ्जमा २३ किलो बढी सुन बरामद 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : २१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र