वीरगञ्जमा २३ किलो बढी सुन बरामद | Khabarhub Khabarhub

वीरगञ्जमा २३ किलो बढी सुन बरामद


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ

प्रहरीले वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो बढी सुन बरामद गरेको हो ।

सून तथा चाँदी लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरादम गरेको हो।

सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।

प्रहरीका अनुसार सुनको एक किलोको बिस्कुट १३ वटा, मझौला बिस्कुट ४६ वटा (८.५७६ किलो) र सुनको बिस्कुट सानो १०० ग्रामको दरले १० वटा (१ किलो) बरामद भएको छ।

यसैगरी, सुनका विभिन्न गरगहानाहरू जम्मा ६८१ ग्राम र चाँदीका गरगहाना तथा थाल लगायत भाडाकुँडा २.२६२ किलो बरामद भएको एसपी पन्तले बताइन्।

सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख पन्तले जानकारी दिइन् ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यति धेरै परिमाणमा सुन किन राखिएको हो र यसमा को को संलग्न छन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  २ : ५८ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०