दुर्गा प्रसाईं पक्राउ नै नपरी साधारण तारेखमा ‘रिहा’ | Khabarhub Khabarhub

दुर्गा प्रसाईं पक्राउ नै नपरी साधारण तारेखमा ‘रिहा’


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभद्र व्यवहारको कसुर लागेका मेडिकल व्यवसायी दूर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार प्रसाईंलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

झापाको बी एण्ड सी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक रहेका प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

डा. गिरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते (बिहीबार) पक्राउ पूर्जी जारी गरेको थियो । तर, प्रसाईं भने पक्राउ परेनन् ।

प्रसाईंलाई पक्राउ नै नगरी भक्तपुर प्रहरीले करिब ४ दिन अगाडि मात्रै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले बुधबार जिल्ला प्रशासन कार्यालयमा अनुसन्धान प्रतिवेदनसहितको मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता गरेको दोस्रो दिन बिहीबार प्रसाईं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए । बिहीबार नै थुनछेक बहसपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको इजलाशले थुनछेक आदेश जारी गर्दै प्रसाईंँलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको हो ।


दूर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ गर्न प्रशासनको अनुमति

दूर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा, २१ दिनभित्र उपस्थित हुन म्याद जारी

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  २ : ०३ बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका