दूर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा, २१ दिनभित्र उपस्थित हुन म्याद जारी « Khabarhub

दूर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा, २१ दिनभित्र उपस्थित हुन म्याद जारी


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको बीएण्डसी अस्पतालका सञ्चालक दूर्गा प्रसाईंविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले समाह्वान (उपस्थित हुन म्याद) जारी गरेको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले समाह्वान गरेको हो ।

प्रसाईंले आफूसँग २० करोड रुपैयाँ घुस लिएको आरोप लगाएपछि चिकित्सा आयोगका उपाध्यक्ष डा. गिरीले मंगलबार काठमाडौं जिल्ला अदालतमा प्रसाईंविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

डा. गिरीले दायर गरेको मुद्दामाथिको प्रारम्भिक प्रक्रिया शुरु गर्दै काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले प्रतिवादी प्रसाईंलाई २१ दिन भित्र आफ्नो जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेका हुन् ।

खबरहबसँगको कुराकानीमा काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार श्रेष्ठले प्रसाईंविरुद्ध दायर भएको व्यक्तिवादी फौजदारी मुद्दामा समाह्वान जारी भएको जानकारी दिए । ‘व्यक्तिवादी फौजदारी मुद्दामा पक्राउ पूर्जी जारी हुँदैन । वादीले दायर गरेको मुद्दाका विषयमा आफ्नो जवाफ पेश गर्न भनेर म्याद (समाह्वान) जारी गरिन्छ,’ श्रेस्तेदार श्रेष्ठले खबरहबसँग भने, ‘डा. श्रीकृष्ण गिरीले दायर गरेको मुद्दामा अदालतले बाटोको म्याद बाहेक २१ दिनको अवधि तोकी समाह्वान जारी गरेको हो ।’

फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५० मा अदालतले कुनै पनि मुद्दाका अभियुक्त तथा प्रतिवादीलाई अदालतमा उपस्थित हुन समाह्वान जारी गरी बाटाको म्याद बाहेक २१ दिनको अवधि तोकी म्याद जारी गर्ने व्यवस्था छ ।

फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५० को उपदफा (३) मा म्याद जारी भएका प्रतिवादीले तोकिएको अवधिभित्र उपस्थित हुन नसक्ने कारण खुलाई निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले एकपटकको लागि बढीमा १५ दिनसम्मको समाह्वानको म्याद थामी दिने आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।

थपिएको म्यादमा समेत प्रतिवादी उपस्थित हुन नसकेमा अदालतले पक्राउ पूर्जी जारी गर्न सक्ने छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीकै उजुरीका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पनि प्रसाईंविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

अभद्र व्यवहारको कसुरमा महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान अगाडि बढाएको व्यहोरा उल्लेख गरी निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंविरुद्ध पक्राउ पूर्जी नै जारी गरिसकेको छ ।

जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले प्रसाईंको खोजी तीब्र पारेको जनाएको छ ।

प्रसाईंलाई पक्राउ गर्न बिहीबार नै महानगरीय प्रहरी परिसर भक्तपुरको टोली भक्तपुरस्थित उनको निवास पुगेको थियो । तर, प्रसाईं भने भेटिएनन् ।

भक्तपुर प्रहरीले प्रसाईंको खोजी गरी पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालयमार्फत अन्तरजिल्ला समन्वयको तयारी समेत शुरु गरेको छ ।


दूर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ गर्न प्रशासनको अनुमति

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  २ : १२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा