पोखरामा कोरोना संक्रमित चिनियाँ कामदारको सूचना लुकाइएको भन्दै सांसदले मागे जवाफ | Khabarhub Khabarhub

पोखरामा कोरोना संक्रमित चिनियाँ कामदारको सूचना लुकाइएको भन्दै सांसदले मागे जवाफ


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका सांसद प्रदीप यादवले पोखरा विमानस्थलमा कार्यरत चिनियाँ कामदारमाथि कोरोना भाइरस संक्रमणको सूचना आएको भन्दै सरकारसँग वास्तविक जवाफ माग गरेका छन् ।

उनले पोखरामा चिनियाँ कामदारहरु कोरोना भाइरसबाट संक्रमित भएको भन्ने गम्भीर सूचना आफूले पाएको बताउँदै सरकारसँग सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका हुन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै यादवले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ कामदारमा कोरोना संक्रमण भएको सूचना सरकारले लुकाएको आरोप लगाउँदै वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन् ।

सांसद यादवले,‘सरकारले सूचना लुकाइरहेको छ, म एउटा गम्भीर सुचना दिन चाहन्छु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कामदारलाई कोरोनाको संक्रमण भएको सूचना आएको छ, त्यो के हो ?’

उनले ७-८ जना चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखिएपछि त्यहाँ कार्यरत केही नेपाली कामदारले डरले राजीनामा दिएर घरमा बसिरहेको समेत दाबी गरेका छन् ।

उनले नेपाली कामदारहरु त्रासले काममा फर्किन नमान्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

यो पनि पढौं

निर्माणाधीन पोखरा विमास्थलमा कार्यरत चिनियाँ मजदुर बिरामी परेपछि काम प्रभावित

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : २२ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश