हावाबाट पनि कोरोना सर्ने प्रमाण पाइयो : डब्ल्युएचओ | Khabarhub Khabarhub

हावाबाट पनि कोरोना सर्ने प्रमाण पाइयो : डब्ल्युएचओ


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाणित भएको स्वीकार गरेको छ ।

यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताउँदा त्यसलाई अस्वीकार गरेको डब्ल्युएचओले अहिले भने हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पारेको जनाएको हो ।

डब्ल्युएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको र यसको अध्ययन अहिले पनि जारी रहेको बताएकी छन् ।

डब्ल्युएचओले खागारी भीडभाडका ठाउँमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने अवस्थालाई  अस्विकार गर्न नसकिने जनाएको छ ।

डा.मारियाले कोरोनाको प्रसार रोक्न ठूलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउँदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन ।

यसअघि डब्ल्युएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : २९ बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार