हावाबाट पनि कोरोना फैलिने ३२ देशका २३९ वैज्ञानिकको दाबी « Khabarhub

हावाबाट पनि कोरोना फैलिने ३२ देशका २३९ वैज्ञानिकको दाबी


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  २ सयभन्दा बढी वैज्ञानिकहरूले हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिने दाबी गरेका छन् ।

विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको स-साना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको हो ।

आगामी सातासम्म यसको प्रमाणसहित कुनै एउटा जर्नलमा रिपोर्ट प्रकाशित गर्दै यसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को ध्यानाकर्षण गराइने उनीहरूले बताएको द न्यूयोर्क टाइम्सले  जनाएको छ ।

डब्ल्युएचओले भने अहिलेसम्म एक संक्रमित र अर्को संक्रमितबीच २ मिटरभन्दा कमको दूरी कायम गरेर बस्दा कोरोना भाइरसको संक्रमण हुने बताउँदै आएको छ ।

डब्ल्युएचओले वैज्ञानिकहरूको पछिल्लो दाबीबारे कुनै प्रतिक्रिया नदिए पनि यसबारे ठोस प्रमाण नभएको र अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ०३ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु