इरान–अमेरिका संभाव्य युद्धले नेपाललाई पार्ने असरको लेखाजोखा | Khabarhub Khabarhub
Logo
१६ फाल्गुन २०७६, शुक्रबार

इरान–अमेरिका संभाव्य युद्धले नेपाललाई पार्ने असरको लेखाजोखा



काठमाडौं– अमेरिकाले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको इराकमा हत्या गरेसँगै मध्यपूर्वमा युद्धको कालो बादल मडारिएको छ ।

अमेरिका र इरानले एकअर्कालाई सैन्य आक्रमणको धम्की कायमै राख्दा युद्धको असरबारे आँकलन हुन थालेको छ ।

यदी दुई देशबीच युद्ध भएमा नेपालपनि अछुतो हुने छैन । युद्धको मारमा सिंगो दक्षिण एसिया पर्नेछ । इरानी जनरलको हत्यासँगै अमेरिका र इरान पछिल्ला दिन युद्ध नचाहेको भनेपनि निकै क्रोधित वक्तव्यवाजीमा उत्रिएका छन् ।

नेपालमा समेत सम्भावित युद्धबाट ठूलो आर्थिक र अन्य प्रभाव पर्नेछ । सबै आकलन अहिलेनै यर्थाथ नभएपनि युद्ध भइहाले नेपाललाई पनि केही समय प्रशस्त असर पर्नेछ ।

पर्सिया खाडीमा जारी तनाव र सम्भाव्य युद्धले रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्नेछ । खाडी देशहरु साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएइ), कतार, बहराइन, कुबेत र इराकमा रहेका नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् ।

नेपालको अर्थतन्त्रको ठूलो हिस्सा नै त्यही मुलुकहरुमा काम गर्ने नेपालीहरुले पठाउने रेमिट्यान्समा निर्भर छ । इरान र अमेरिकाबीच युद्ध भए सो युद्ध क्षेत्रैभरी फैलिन सक्छ ।

नेपालमा गरीबी र बेरोजगारीका कारण १५ लाख नेपाली खाडी क्षेत्रमा काम गरिरहेका छन् । खाडी मुलुकहरु कतारमा ४ लाख, साउदी अरेबियामा ३ लाखभन्दा बढी, यूएइमा २ लाख २५ हजारभन्दा बढी, बहराइनमा ३५ हजार, कुवेतमा ७० हजार, इराकमा २५ हजार तथा झण्डै २० हजार नेपाली ओमानमा रहेका छन् ।

पूर्ण युद्धभइहाले इरानको निशाना साउदी अरेबिया, युएई र बहराइनमा हुने निश्चित छ । यी देशहरुमा अमेरिकी सैनिकहरु रहेका र अमेरिकी साझेदार देशहरु रहेकाले गर्दा इरानले क्षेप्यास्त्र र अन्य प्रकारका सैन्य आक्रमण गर्ने खतरा रहन्छ । त्यस्तो पूर्ण युद्ध भएर लम्बिन या थप चर्किने अवस्था आएमा ती नेपालीलाई सरकारले नै उद्धार गनुपर्ने अबस्था आइपुग्छ ।

अमेरिका–इरान युद्ध नेपाल मात्र नभएर सिंगो दक्षिण एशियाका लागि अमेरिका–इरान युद्ध केही समयका लागि भएपनि बेरोजगारी र क्षेत्रीय अस्थिरताको नयाँ कारक पनि हुनसक्छ । खाडी क्षेत्रमा दक्षिण एशियाका २ करोड मानिस रोजगारीमा छन् । सन् २०१८ मा मात्र दक्षिण एशियाले खाडी क्षेत्रबाट १३१ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्राएको तथ्यांक छ ।

रेमिट्यान्स र नेपालीको उद्दारका अलावा युद्धले नेपाललाई बहुआयमीक क्षति पुर्‍याउनेछ ।

विश्वमै तेलको प्रमुख भण्डार रहेको मध्यपूर्वमा भड्किने युद्धले शुरुवातमै पेट्रोलियम पदार्थको आपूर्तिमा असर पार्छ भने केही समय उपभोक्ता महंगो मूल्य तिर्न बाध्य हुनुपर्छ ।

यदी युद्ध भइहालेमा अमेरिकाले केहीसमयका लागि त कच्चा तेलको भाउ घटाइदिन सक्छ, जस्तो उसले आतंकवाद विरुद्धको युद्ध घोषणा गर्दा भएको थियो । तर त्यो दिर्घकालीन भने रहँदैन । तर कुवेतबाट इराकी सेनालाई हटाउन अमेरिकी नेतृत्वमा गठबन्धन देशहरुले गरेको हमला या खाडी युद्धताका कच्चा तेलको मूल्य प्रति ब्यारेल ४० डलरभन्दा बढी नाघेको यर्थाथ पनि छ ।

सम्भावित युद्धले नेपालको निर्यात व्यापारलाई केही समय रोक्न सक्छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको ठूलो अवमूल्यन हुन सक्छ र डलरको माग बढ्दा आपूर्ति कठिन बन्न सक्छ

यदी युद्ध भइहालेपनि लामो हुने छैन । तरपनि असरहरु भने निकै ठूलो पर्नेछ । केहीसमयसम्म नेपालको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतहरूमा धक्का लाग्नेछ । युद्ध भड्किएमा भ्रमण वर्ष मनाइरहेको नेपालको पर्यटन क्षेत्र थला पर्नेछ । युद्धको त्रासका कारण मानिसहरु भ्रमणमा निस्कदैनन् र भएका बुकिङ्गहरु पनि रद्द हुनसक्छन् ।

सम्भावित युद्धले नेपालको निर्यात व्यापारलाई केही समय रोक्न सक्छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको ठूलो अवमूल्यन हुन सक्छ र डलरको माग बढ्दा आपूर्ति कठिन बन्न सक्छ । युद्धभर मध्यपूर्वको आकाशमा हवाई उडान नै ठप्प हुनेछ । जसले यात्रामा असहजतासँगै महँगो बनाइदिनेछ ।

के तेस्रो विश्वयुद्ध हुन लागेको हो ?

अमेरिका–इरान तनाब चुलिरहेका बेला तेस्रो विश्वयुद्धको सम्भावना बारे पनि बहस चर्केको छ तर त्यो यर्थाथनजिक छैन । चीन र रुस लगायत देशहरुले नै इरानलाई साथ दिएपनि अमेरिकालाई सैन्य शक्तिमा हराउन सक्ने धरातलीय यथार्थ छैन ।

सैन्य शक्तिमा अमेरिकासँग संसारका कुनैपनि देशको तुलना हुँदैन । छोटो समयका लागि अमेरिकाले धेरै देशहरुसँग एकैसाथ युद्ध लड्न सक्छ । अमेरिकाका लागि आकस्मिक युद्धका सक्षम सैन्य अखडाहरु छन् । देशबाहिर ८ सय भन्दा बढी अमेरिकी सैन्य अखडाहरु छन् ।

अमेरिकासँग २० वटा ठूला लडाकु जहाजहरु, क्षेप्यास्त्रहरु तथा आाणविक हतियार बोक्न सक्ने २० वटा बिमानबाहक जलसैन्य उपकरणहरु छन् । जसमा एउटैले सयभन्दा बढी लडाकु जहाज, बमबर्सक बिमानहरु, क्षेप्यास्त्रका अलावा अन्य हतियार बोक्नसक्ने अस्त्रहरु राख्न सक्छ ।

यी विमानबहाक यन्त्रहरुमार्फत अमेरिका तत्कालै संसारको जुनसुकै क्षेत्रमा पनि युद्ध लड्न सक्छ जुन रुससंग छैन भने चीनले रुसी मोडलका पुराना २ वटा बनाएपनि पूर्ण परीक्षण भइसकेको छैन ।

अमेरिकाको विश्वव्यापी सैन्य उपस्थिती र बलियो गुप्तचरी संयन्त्रका कारण कुनैपनि देशले उसलाई अर्काको भूमिमा सिधै सैन्य चुनौती दिने अबस्था छैन ।

अन्य देशहरुलाई तत्काल अन्य क्षेत्रमा जान ठूलो लजिस्टिक समस्या आएपनि अमेरिकालाई संसारभर त्यो समस्या छैन । उसले समग्र समुद्र र आकाशमाथि नियन्त्रण कायम गर्नुका साथै आफ्ना सैन्य अत्याधुनिक अस्त्रहरु तैनाथ गरेकाले कुनैपनि देशविरुद्ध तत्कालै आक्रमण गर्नेसक्ने र लामो समयसम्म टिक्न सक्छ ।

इरान स्वयं अमेरिकी सैन्य अखडाहरुबाट घेरिएको छ । इरानको रक्षा बजेट वार्षिक साढे ६ खर्ब अमेरिकी डलरपनि छैन । जबकी अमेरिका एक्लैले ७ सय १६ खर्ब अमेरिकी डलर खर्च गर्छ जुन संसारकै रक्षा बजेटको झण्डै ४० प्रतिशत हुन आउँछ

अर्कोतर्फ तेस्रो पक्षले युद्धमा साथ दिन नसक्नुको पछाडि उनीहरुसँग सैन्य गठबन्धन नरहनु हो । रुस आफै संकटमा छ र उसले सिरिया र भेनेजुएला लगायत कमजोर शासनलाई आफ्नो सैन्य शक्तिबाट टिकाइदिएको छ । तर ती देशहरु अन्य देशको युद्धमा जान सक्दैनन् ।

मध्य एशिया लगायत रुसी साझेदार देशहरु अत्यन्त कमजोर र बाह्य युद्ध लड्नसक्ने अवस्थामा छैनन् । चीनसँग कुनैपनि भरपर्दो सैन्य गठवन्ध छैन ।

रुस र चीनले भित्री साथ दिएपनि अमेरिका विरुद्ध अर्को देशका लागि प्रत्यक्ष युद्ध लड्ने सम्भावना छैन ।

अमेरिका २९ वटा शक्तिशाली देशहरुको सञ्जाल उत्तर एटलान्टिक सन्धि संगठन( नेटो) को नेतृत्वकर्ता देश हो । अमेरिकी सैन्य बर्चश्व संसारका सबै सैन्य शक्तिहरु एकठाउँमा रहँदा पनि पूर्ति हुन सक्दैन । त्यसमाथि यूरोपेली शक्तिको साथ अन्तिममा अमेरिकालाई नै जाने हुँदा संसारकै सैन्य शक्ति अमेरिकातर्फ छ ।

यदी युद्ध भइहालेमा संसारकै एकल महाशक्ति राष्ट्र अमेरिकासँग इरान लामो समय टिक्न सक्दैन । अमेरिकी सेना अत्यन्तै शक्तिशाली रहेकाले केही हप्ताभित्रै इरानको सत्ता परिवर्तन गरिदिनसक्छ । प्रश्न युद्धको क्षति र त्यसपछिको व्यवस्थापनको हो ।

इरान स्वयं अमेरिकी सैन्य अखडाहरुबाट घेरिएको छ । इरानको रक्षा बजेट वार्षिक साढे ६ खर्ब अमेरिकी डलरपनि छैन । जबकी अमेरिका एक्लैले ७ सय १६ खर्ब अमेरिकी डलर खर्च गर्छ जुन संसारकै रक्षा बजेटको झण्डै ४० प्रतिशत हुन आउँछ ।

इरानसँग रहेको शक्ति भनेको मध्यपूर्वमा रहेको शिया लडाकुहरुको हो । इराक, सिरिया, लेबनान, यमन र प्यालेष्टाइनमा उसका समर्थक लडाकुहरुले अमेरिकामाथि अन्य तबरबाट आक्रमण गरी क्षति पुर्‍याइदिन सक्छन् । इरानकै पनि ठूलो भूगोल र जनसंख्या रहेका कारण अमेरिकालाई पनि युद्धमा ठूलो क्षति भने निश्चित नै छ ।

यो पनि पढ्नुहोस्

ट्रम्पको अस्थिर र घमण्डी व्यवहारले मध्यपूर्वमा क्षेत्रीय युद्ध निम्तिने चिन्ता

मध्यपूर्वमा ठूलो युद्ध भड्किने खतरा !

अमेरिकाले हत्या गरेका मध्यपूर्वकै सबैभन्दा रहस्यमयी सैन्य कमाण्डरको नालीबेली


भर्खर

0