बदनाम पूर्वयुवराज पारस : गुण्डा, लागुऔषध दुर्व्यसनीदेखि सुन्दरी काण्डसम्म | Khabarhub Khabarhub

बदनाम पूर्वयुवराज पारस : गुण्डा, लागुऔषध दुर्व्यसनीदेखि सुन्दरी काण्डसम्म


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो केही दिन यता चौतर्फी चर्चासँगै आलोचनाको पात्रा बनेका छन्–पूर्व युवराज पारस शाह ।

उनी राम्रो काम गरेर चर्चामा आएका भने होइनन् । कहिले प्रहरीलाई कुटपिट गरेर चर्चामा आए त कहिले लागुऔषध काण्ड मुछिए । यसपटक भने उनि युट्युवर सोनिका रोकायसँगको सम्बन्धका कारण आलोचित बनेका छन् ।

शुरुमा सोनिकाले फेसबुकमा पारससँगको तस्वीर पोष्ट गरेकी थिइन् । त्यसपछि पारसको मोटरसाइकल पछाडि बसेको तस्वीर र भिडियो भाइरल बन्यो ।

युट्युवमा अनेक फण्डा मच्चाएर चर्चामा आउने सोनिकालाई त थप चर्चामा पुर्‍यायो नै यता पारसलाई भने झनै बद्नाम बनाएको छ ।

काण्डै काण्डले भरिएको विगत

युवराज हुँदा समेत जनताको मनमा बस्न नसकेका पारस अहिले झनै उद्दण्ड देखिए । विभिन्न स्थानमा मच्चाएको दादागिरीका कारण उनको छवि नै खतरनाक गुण्डा नाइकेको जस्तो बनेको थियो ।

२०५७ साल साउन २२ गते, काठमाडौंको दरवारमार्गस्थित होटल याक एण्ड यतिबाट मादक पर्दाथ सेवन गरी गाडी हुइक्याउँदा उनको गाडीले किचेर मोटरसाइकल चालक गायक प्रवीण गुरुङको मृत्यु भयो ।

त्यही घटना ढाकछोप गर्न तत्कालीन राजदरवारबाट नक्कली ड्राइभर खडा गरेर उनी जोगिएका थिए ।

२०५८ जेठ १९ गते दरवार हत्याकाण्डका उनी प्रत्यक्षदर्शी थिए । उनलाई गोली काण्डबाट कुनै पनि केही क्षति भएन । अहिले आम जनताहरु राजदरवार हत्या काण्डको विषयमा उनलाई शंकाको दृष्टिले हेर्ने गर्छन् ।

२०६७ फागुन २८ गते उनले अर्को वितण्डा मच्चाए । अत्याधिक मादक पर्दाथ सेवन गरी उनले कांग्रेस नेतृ सुजाता कोइरालाकी छोरी ज्वाइँ बंगलादेशी नागरिक रुवेल चौधरीलाई चितवनमा गोली प्रहार गरे ।

पारसको वितण्डा यतिमा मात्र सीमित छैन, २०६८ जेठ १९ गते बहिनीसँगको सम्बन्धलाई लिएर ज्वाइँ राजबहादुर सिंहलाई कुटपिट गरी निर्मल निबासमै थुनामा राखे ।

२०७५ जेठ २८ गते दिउँसो उनले बा १४ च २१३१ उनको गाडी अनियन्त्रित तरिकाले चलाई ट्राफिक प्रहरीले रोक्न खोज्दा समेत वेबास्ता गर्दै सवारी चलाए ।
ट्राफिक नियम मिचेर सवारी चलाएका शाहलाई जावलाखेल चोकदेखि नियनत्रण गर्न नसकेर प्रहरीले थापाथलीमा रोकेको थियो ।

गत भदौ पहिलो साता पारसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिउटीमा रहेका एक प्रहरीमाथि दुर्व्यवहार गरे । त्यसपछि उनी झनै विवादित बनेका थिए । त्यतिमात्र नभएर उनी केही समय जाली नोट कारोबारी युनुस अन्सारीसँग समेत निकट रहेका थिए ।

अनेकौं आपराधिक र अराजक क्रियाकलापसँग जोडिएका पारस शाहले युवराज हुनुअघिदेखि नै जनअपेक्षा भन्दा फरक प्रकारको हर्कत देखाएर विवादित बन्दै आएका छन् ।

पारसलाई पटक–पटक हृदयघात

लागुऔषधको दुव्र्यशनी तथा मादक पदार्थका अम्मली पारसरलाई पहिलो पटक ६ सेप्टेम्बर २००७ मा हृदयघात भएको थियो । त्यसैगरी उनलाई दोस्रो पटक थाइल्याण्डमा सन् २०१३ मा हृदयघात भयो ।

त्यसपटक उनी १२ दिनसम्म कोमामा बस्नुपरेको थियो । त्यस्तै, गएको २८ जनवरी २०१९ मा समेत उनलाई तेस्रो पटक हृदयघात भएको थियो ।

विदेशमा बस्दा पनि वितण्डा

पूर्वयुवराज पारस बिगतदेखि नै बद्नाम पात्र हुन् । उनी विदेशमा रहँदा समेत उनले लागुपदार्थ सेवन, लागूऔषध कारोबार र प्रेममा परेर बिबादमा आइरहे ।

२०६७ साल भदौ ११ गते नेपाल छाडेर सिंगापुर गएका पारस त्यसको केही समयपछि त्यतैबाट थाइल्यान्ड पुगेका थिए ।

सिंगापुरमा रहँदा महँगो विलासी गाडी चढ्ने पारसले बैंककमा पुगेपछि पनि महँगो बीएमडब्ल्यू कार किनेका थिए ।

दुर्व्यसनीको कुलतमा फसेका पारस जुलाई २०१४ मा थाइल्याण्डमा लागुऔषध सहित पक्राउ परेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको थाइ राजपरिवारसँगको राम्रो सम्बनधका कारण उनले आजीवन काराबास बस्नबाट छुट पाए । उनी पटक–पटक गरी ४ पटक पक्राउ र जेल परिसकेका छन् ।

थाइल्याण्डमा उनी थाई युवती कन्निका चाइसानसँग प्रेममा समेत परेका थिए । पछि उनको कन्निकासँगको सम्बन्धमा दरार आयो र प्रेम छुट्यो । अझै पनि कन्निकाले कहिलेकाहीँ पारससँगको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेकी छिन् ।

सिंगापुर बसाई पनि उस्तै

नेपालमा वितण्डा मच्चाइरहने पारस छोराछोरीको पढाईका लागि भन्दै २०६७ साल भदौ ११ मा नेपाल छाडेर सिंगापुर पुगेका थिए ।

त्यहाँ गएपछि पनि उनको सुध्रिने छनक देखिएन । दैनिकजसो डिस्को जाने र मोजमस्ती नै उनको दैनिकी बन्न थाल्यो । अत्याधिक मादक पदार्थ सेवनगरी नशाको तालमा उनी झगडामा समेत उत्रिन थाले ।

उनी सिंगापुरको स्थानीय बजारमा १० लाख अमेरिकी डलर पर्ने विलासी सवारी ल्यामोर्घिनी कार चड्थे । उनको केही समय सिंगापुरे युवतीसँग समेत सम्बन्ध भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : ०७ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ