प्रहरीमाथि हातपातका विषयमा पूर्वयुवराज पारसले मागे माफी « Khabarhub

प्रहरीमाथि हातपातका विषयमा पूर्वयुवराज पारसले मागे माफी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको घटनाप्रति माफी मागेका छन् ।

उपचारका लागि बैंकक जाँदै गरेकी आमा कोमललाई बिदाइ गर्न विमानस्थल पुगेका उनले ड्युटीमा रहेका प्रहरी नायव उपरीक्षकमाथि हातपात गरेका थिए । उक्त घटनालाई लिएर सर्वत्र आलोचित बनेका शाहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले चेकजाँच गर्नेक्रममा उनका छोरा हृदयेन्द्र शाह र बहिनी पेरणाका छोरालाई दुव्र्यवहार गरेको देख्दा आफूबाट उक्त घटना हुन गएको स्वीकार गर्दै सम्बन्धित पक्षसँग क्षमा मागेका छन् ।

आफ्नो छोराको अनुहार अगाडि प्रहरीको डण्डा देखेपछि आफूले नराम्रो महसुस गरेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘कुनै पनि नेपाली बाबु यदि मेरो स्थानमा रहेको भए त्यसै गर्थे ।’

उनले विमानस्थलमा आफूबाट हुन गएको घटनाबारे निर्णय लिने जिम्मा नेपाली जनतालाई दिएका छन् ।

उनका समर्थकले राजतन्त्रको नारा लगाउँदै गरेका बेला उनी भने सुरक्षार्थ खटिएका प्रहरीमाथि नै जाइलागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ५९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२