स्थगित एसईई परीक्षा आजदेखि शुरु | Khabarhub Khabarhub

स्थगित एसईई परीक्षा आजदेखि शुरु


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रश्नपत्र आउटपछि स्थगित भएको माध्यमिक शिक्षा परीक्षा आज (शुक्रबार)देखि शुरु भएको छ । लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा सञ्चालित परीक्षा स्थगित गरिएको थियो । नयाँ तालिका अनुसार आज (शुक्रबार) विज्ञान विषयको परीक्षा सञ्चालन भएको छ ।

त्यस्तै चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा सञ्चालन हुनेछ ।

प्रदेश २ का ८ वटै जिल्लामा स्थगित भएको परीक्षा पुन: सञ्चालन गरिएको हो । प्रदेश २ मा जम्मा २ सय ६३ परीक्षा केन्द्र छन् । परीक्षा दिने विद्यार्थीको संख्या ७२ हजार ४९ छ ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगीसहित सबैलाई मोबाइल निषेध गरिएको छ ।

बिहीबार बसेको प्रदेश २ माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षा केन्द्रमा खट्ने केन्द्राध्यक्ष बाहेक सबैलाई मोबाइल प्रयोग निषेधको साथै सम्पूर्ण विद्यार्थीलाई परीक्षाकेन्द्रमा प्रवेश गर्ने बेला अनिवार्य खानतलासी गर्न निर्देशन दिएको छ ।

यसअघि विज्ञान र समाजिक विषयको परीक्षा पूर्व नै पश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षाबोर्डले दुवै विषयको परीक्षाको साथै अन्य बाँकी विषयको परीक्षासमेत स्थगित गरेको थियो ।

प्रश्नपत्र आउट गर्न सुरक्षाकर्मी नै लागेको खुलासा भएको छ । प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका प्रहरीलगायत संलग्नलाई बिहीबार सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ९ : ०४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने