एसइई प्रश्नपत्र आउट प्रकरण– प्रहरीले पोको च्याते, शिक्षकले बेचे « Khabarhub

एसइई प्रश्नपत्र आउट प्रकरण– प्रहरीले पोको च्याते, शिक्षकले बेचे


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेका ६ जनालाई बिहीबार सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज–१० घर भएका विष्णूदेव यादव, राजविराज–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षी राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव, राजविराज–१० का २२ वर्षी ब्रह्मदेव सुनरैत र सप्तरीको कञ्चनरुप नगरपालिका–६ का २५ वर्षीय दिपेन्द्र कुमार मण्डल छन् ।

गत बिहीबार (चैत १४ गते) एसइई परीक्षाअन्तर्गत विज्ञान विषयको प्रश्नपत्र सामाजिक सञ्चालमार्फत बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि विज्ञान विषयको परीक्षा रद्द गरिएकोमा बिहीबार नै दोस्रो दिन हुने अनिवार्य सामाजिक शिक्षा विषयको प्रश्नपत्र पनि बाहिरिएको थियो ।

प्रहरीले प्रश्नपत्र बाहिरिएको विषयमा एसइईमा सामेल विद्यार्थीबाटै अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रहरी जवान विष्णुदेव यादवबाट प्रश्नपत्र बाहिरिएको खुलेको छ ।

प्रहरी जवान ब्रह्मदेव सुनरैत (यादव) र दिपेन्द्र कुमारले सिल गरिएको पोको च्यातेर प्रश्नपत्र आउट गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार प्रहरी जवान ब्रह्मदेव सुनरैतले प्रश्नपत्रको फोटो खिचेर आफ्ना दाई विष्णुदेव यादवलाई पठाएका थिए । मोबाइल एप्लीकेशन ‘इमो’मार्फत ब्रह्मदेव प्रश्नपत्रको फोटो विष्णूदेवलाई पठाएका थिए ।

विष्णूदेवले उक्त फोटो मनोजलाई पठाए । शिक्षण पेशामा संलग्न मनोजले केही पैसा लिएर अन्य विद्यार्थी र अभिभावकलाई समेत प्रश्नपत्र पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीसँगको बयानका क्रममा विष्णूदेवले आफ्ना भाइ ब्रह्मदेवमार्फत नै विज्ञान र सामाजिक शिक्षा विषयको प्रश्नपत्र पाएको बताएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको