ट्रम्पको यस्तो कार्टुन बनाएपछि कार्टुनिस्टको जागिर नै गयो | Khabarhub Khabarhub

ट्रम्पको यस्तो कार्टुन बनाएपछि कार्टुनिस्टको जागिर नै गयो


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा– क्यानाडाका कार्टुनिस्ट माइकल डि अडेरले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टुन बनाएका कारण जागरिबाट हात धुनु परेको छ ।

उनलाई न्यू ब्रन्सविकको एक प्रकाशन कम्पनीले कार्टुन बनाएकै कारण जागिरबाट निकालेको हो । उनले निकै संवेदनशील कार्टुन बनाएका छन् । उनको कार्टुनमा गत साता रियो ग्रान्ड नदीमा डुबेका अल्बर्टो मार्टिनेज रामिरेज र उनकी २३ महिनाकी छोरीको मृत्यु भएको घटनालाई ट्रम्पसँग जोडेर  बनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको यही कार्टुन बनाएका कारण उनले जागिरबाट हात धुनुपरेको हो ।  कार्टुनमा ट्रम्पले दुई आप्रवासी डुबेको तस्वीर नजिक उभिएर गल्फ खेल्ने संकेत देखाएकाे बनाइएको छ। ‘यदि मैले खेले भने के तिमीलाई दुःख लाग्नेछ ?’ भन्ने आशय कार्टुनमा लेखिएको छ । कार्टुनमा ट्रम्पलाई गल्फ कोर्टमा समेत देखाइएको छ । जसको नजिकै एक बाबु र बच्चाको शव छ ।

यो समाचार पनि हेर्नुस्

अमेरिका–मेक्सिको सीमामा बाबु छोरीको हृदयविदारक शव फेला

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : २४ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको