अमेरिका–मेक्सिको सीमामा बाबु छोरीको हृदयविदारक शव फेला, बन्यो भाइरल « Khabarhub

अमेरिका–मेक्सिको सीमामा बाबु छोरीको हृदयविदारक शव फेला, बन्यो भाइरल


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– अमेरिका र मेक्सिकोको सीमामा रहेको रियो ग्राण्डे नदिमा २ वर्षे बालिका र उनका बाबुको शव निकै हृदयविदारक अवस्थामा फेला पारिएको तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

गैर कानूनी रुपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका नागरिक र उनकी छोरीलाई रियो ग्राण्डे नदिमा मृत फेला पारिएको हो । तस्बीरमा बालिका आफ्ना बाबुको टिसर्टमा बाँधिएकी छिन् भने उनको हातले आफ्ना बाबुको गलामा अँगालो हालेको देखिएको छ ।

मृतक साल्भाडोरन नागरिक ओस्कर अल्बेर्टो मार्टिनेज रहेको र उनकी छोरी एङ्गी भलेरा रहेको साल्भाडोरन अधिकारीले पुष्टि गरेका छन् ।

उनीहरुको शव अमेरिकी राज्य टेक्ससको ब्राउन्सभिल शहर पारी मेक्सिको तर्फ मातामोरोस क्षेत्रको रियो ग्राण्डे नदीमा फेला परेको थियो ।
उनीहरुलाई आइतबार रियो ग्राण्डे नदीले बगाएको बताइएको छ । उनीहरुको शव पछि नदीको किनारमा फेला पारिएको थियो । उनीहरुको शवनजिकै मानिसहरुले फालेका फोहार जम्मा भएका थिए ।

पछिल्लो समय अमेरिकामा कठोर आप्रवासन नीति अख्तियार गरिएपनि अवैध रुपमा अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको सङ्ख्या कम भएको छैन । सोही अनुसार आप्रवासीहरु कठिन बाटो प्रयोग गरी अमेरिका प्रवेश गर्न बाध्य हुँदै गएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ३ : ०४ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी