समाचार Archives | Page 417 of 6936 | Khabarhub Khabarhub

सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त

काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । न्यायपरिषदको सिफारिसअनुसार राष्ट्रपतिले उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका हुन् । नियुक्त हुनेमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् ।