निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ : सांसद देवकोटा | Khabarhub Khabarhub

निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ : सांसद देवकोटा


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा स्वतन्त्र सांसद खिमलाल देवकोटाले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन् । निजगढ विमानस्थल नबनाउने र बनाउन नदिने चलखेलले चिन्ता बढेको भन्दै उनले निजगढ विमानस्थल बजेटमा समावेश भएकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 

सर्वोच्च अदालतको हालैको फैसलाले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । तथापि, सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने समावेश गरिएको छ । यो विमानस्थल निर्माणका लागि हालसम्म नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले रु तीन अर्ब खर्च गरिसकेको छ । विमानस्थल क्षेत्रमा पर्ने आठ हजार ५० हेक्टर जग्गा विमानस्थलका नाममा आइसकेको प्राधिकरणले जनाएको छ ।

नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले कृषि र किसानलाई प्रोत्साहन हुनेगरि आएको बजेट जनताप्रति जिम्मेवार र जवाफदेही रहेको धारणा राखे । उनले बजेटले ‘समान कामका लागि समान ज्याला’ लाई प्राथमिकता दिएकोप्रति सकारात्मक टिप्पणी गरे ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  २ : २१ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि