नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ : भीम रावल | Khabarhub Khabarhub

नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ : भीम रावल


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने समेत बताएका हुन्। रावलले नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढवा दिनुपर्नेमा जोड दिए।

रावलले एसपीपीमा नेपाल संलग्न नहुने भनेर सरकारले भनेपछि त्यस सम्बन्धमा लेखिएको पत्र सार्वजनिक गर्न माग गरे। उनले संसद् र संसद्को अन्तर्राष्ट्रिय समितिले एसपीपी बारेका दस्ताबेज माग गर्दा पनि सरकारले उपलब्ध नगराएको भन्दै आपत्ति जनाए। रावलले नेपाललाई सैनिक अड्डामा परिणत गर्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए।

उनले सबै असमान सन्धि र सम्झौताबाट देशलाई मुक्त गर्नुपर्नेमा जोड दिए। यस्तै, रावलले आगामी आम निर्वाचनमा आफ्नो दल एक्लै निर्वाचनमा जाने स्पष्ट पारे।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ४ : २८ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ