निखिल उप्रेती : स्ट्रगल र परिवर्तन | Khabarhub Khabarhub

निखिल उप्रेती : स्ट्रगल र परिवर्तन


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता निखिल उप्रेतीले पाएको अर्को उपनाम हो , एक्सन स्टार । उनले डेब्यु फिल्ममै सात तल्ले भवनबाट जम्प गरेपछि नेपाली फिल्मका दर्शक माँझ परिचित बने । किनकी त्यो समयमा अहिलेको जस्तो सेफ्टी युज हुन्थेन । अनि जे गरिन्थ्यो,आफ्नै रिक्समा गरिन्थ्यो । त्यसपछि उनलाई दर्शकले ’एक्सन हिरो’ भन्न थाले ।

दर्शकले एक्सन मन पराएपछि मात्र होइन नेपाली फिल्मको एक्सनमा नयाँ ट्रेन्ड ल्याएपछि उनलाई मिडियामा ’एक्सन स्टार’ भन्न थालियो । उनका फिल्ममा एक्सनको नयाँपन हुने भएकाले दर्शक प्रतिक्षित हुन् थाले । उनले नेपाली फिल्ममा एक्सन शैलीलाई मात्र परिवर्तन गरेनन् , उनि पछाडी आउने एक्टरहरुले उनलाई नै पछ्याए ।

लामो समय नेपाली फिल्ममा ’अनुहार बिक्ने हिरो’को रुपमा समेत चिनिएका निखिल अहिले फेरिएका छन् । उनको जीवनशैलीनै फेरिएको छ । रूप,पहिरन,लगाउने पोसाक र खाने खानासँगै जीवनशैलीमै उनले परिवर्तन ल्याएका हुन् ।

उनलाई एक्सनस्टार भन्नेहरु सम्बोधी प्रवचक भन्न थालेका छन् । उनि देवालय पुग्छन् । प्रवचन दिन्छन् । उनका दर्शक–स्रोता फेरिएका छन् । अहिले उनलाई अभिनेतासँगै प्रवचकका रुपमा चिन्नेको संख्या बढ्दै छ । सधै हिरो भनेर गरिने सम्बोधनमा पनि परिवर्तन आएको छ । प्रवचकको रूपमा निमन्त्रण आउँछ । उनी नहिच्किचाई जान्छन् । प्रवचन दिन्छन् ।

किनकी पछिल्लो समय निखिल फिल्मभन्दा पनि अत्याध्मतर्फ लागेका छन् । सफाचट व्यक्तित्व बनाएका निखिल पछिल्लो समय लामो दाह्री र कपालमा प्रस्तुत छन् । उनले फिल्मभन्दा पनि अध्यात्मतर्फ आफूलाई मोडेका छन् ।

उनलाई परिवर्तन भएको देख्नेहरु यो कसरी सम्भव भयो ? भन्ने जिज्ञाषामा रहनु स्वाभविक नै हो । यद्दपी सर्लाहीको सामान्य परिवारमा जन्मिएका निखिल आफैमा हिरो बन्नु ठुलो परिवर्तन थियो । फिल्म खेल्ने त के नाटक पनि हेर्न सक्थिएनन् ,निखिल ।

‘म गाउँमा हुर्किएको मान्छे मैंले फिल्म खेल्छु भन्ने सोचेको पनि थिइन् किनकी मेरो चिनजान पनि थिएन अनि अभिनयमा जिरो’ निखिलले बाल्यकाल स्मरण गर्दै भने । बाल्यकाल देखि नै जिज्ञाशु स्वभावका निखिलले सर्लाही छँदा नै ज्याकी चेन र ब्रुसलीको धेरै फिल्म हेरेका छन् । फिल्म हेरेपछि त्यस्तै गर्ने प्रयास पनि गरेका छन् । ‘मलाई सिक्ने एकदमै रहर छ, त्यसैले होला म निकै जिज्ञाशु छु’ उनले भने ।

उनले मार्सल आर्ट र तेक्वान्दो सिकेका छन् , त्यसैले पनि एक्सन गर्न रुचाउथे । स्कुल शिक्षा सर्लाहीमा नै गरेका निखिल इन्टर पढ्न वीरगंज हुँदै काठमाडौँ आए । ‘सर्लाहीको मान्छेलाई काठमाडौँ आफैँमा सहर थियो र यहाँ आएपछि म थप सिक्नलाई मुम्बई गएँ । किनकी फिल्मसँग जोडिएको मेरो कोहि केहि कतै थिएन । त्यसैले मुम्बईमै कोसिश गरौँ भनेर गएको हुँ’ उनले भने ।

नाटकसम्म हेर्न लजाउने निखिल कसरि पुगे त मुम्बई ? उनको जवाफ छ,’ साथीको कारण’ । उनी भन्छन् ,’मलाई साथीभाईले नै एक्सन राम्रो गर्छ त प्रयास गर भने । त्यसपछि मैंले मुम्बई गएर प्रशिक्षण लिएँ ।’ मुम्बईमा स्ट्रगल गरेका निखिल बेलाबखतमा घर आउँथे। उनी काठमाडौँमा बस्ने घरमै पवन मैनाली पनि थिए ।

दुबै सर्लाहीकै भएकोले सामान्य चिनजान थियो नै । निखिलले एक्सनमा गरिरहेको मेहनत देखेर पवनले भनेका थिए , ‘मैंले फिल्म बनाए भने तिमीलाई लिन्छु । किनकी तिमी एक्सनमा निकै मेहनती छौँ ।’

मुम्बईमा रहँदा अचानक एकदिन निखिललाई पवनले फिल्म गर्ने अफर गरे । उनी नेपालमा आएर फिल्म गर्नु ठुलो कुरा थिएन , किनकी उनले नोटिस हुन् फरक गर्नु पर्थ्यो । साथै, उनले एक्सनमा गर्न खोजेको काम पर्दामा देखिनु पर्थ्यो । पिंजडा फिल्म गर्नु अगाडी नै उनले बलिउड तथा साउथका केहि फिल्ममा प्राविधिकको रुपमा अनुभव संगालिसकेका थिए ।

‘त्यो बेला केहि नयाँ गर्ने प्रयास गरेको हुँ , त्यसका लागि मेहनत गरेको हुँ’ निखिल भन्छन् , ‘प्रत्येक फिल्ममा केहि नयाँ एक्सन गरौँ भन्ने लाग्थ्यो त्यसक्रममा धेरै घाइते भएको छु ।’ उनकै भाषामा भन्ने हो भने नभाचिएको कुनै हड्डी छैन ।

फिल्म पिंजडा हुँदै मायाको जाल, शिवशक्ति, कर्तव्य, कुरुक्षेत्र, हामी तीन भाई लगायतका फिल्म आएपछि निखिलको व्यस्तता बढ्यो । उनले एक्सनकै लागि पनि फिल्म गर्न थाले । उनले गुणस्तरीयता भन्दा पनि संख्यमा ध्यान दिए । ‘त्यो बाध्यता थियो । किनकी मैंले आफूलाई निकै मेहनतले त्यहाँसम्म पुर्‍याएको थिएँ । अनि मेरो सानो उपस्थितिले कुनै निर्माताको लगानी सुरक्षित हुन्छ भने त्यो गर्नु मेरो कर्तव्य थियो’ निखिलले भने ।

उनले क्वालिटीमा पनि ध्यान नदिएका भने होइनन् । आफू पहिलोपटक निर्माता बनेको फिल्म ‘सावधान’ मा तात्कालिन समयमा उनले एक्सनमा केहि फरकपना ल्याएका थिए । गीतको लागि भिएफएक्स गरिएको थियो । त्यो समयमा उनले फिल्मको काम भिएफएक्स तर द्वन्द्वमा प्रयोग भएको तार मेटाउने लगायतको प्राविधिक काम अष्ट्रेलियामा गराएका थिए । उनले निर्देशनमा डेब्यु गरेको फिल्म ‘भैरव’ मार्फत एक्सनमै कमब्याक गरे ।

फिल्ममा एक प्रहरीको कथालाई देखाइएको थियो । उनको डेब्यु निर्देशन रहेको फिल्म मार्फत साउथको स्वाद दर्शकलाई चखाए । भारत बसेर फर्किएका निखिलले आफ्नो शैलीको फिल्मलाई साउथ इन्डियन परिवेशमा ढाल्ने कोसिस गरेका थिए । जसलाई दर्शकले पनि रुचाए । त्यसपछिका फिल्महरुमा दर्शकले भैरवलाई झैँ साथ् दिएनन् । तर, सम्बोधि रुपलाई दर्शकले स्वीकारे ।

फिल्मका अभिनेता अभिनेत्रीहरुको सामान्य ज्ञान नै नजानेको भनेर आलोचना भइरहदा निखिलले बोल्ने शब्दहरुलाई बुझ्न आफैँमा ज्ञान चाहिन्छ । उनको सम्बोधि रुपले धेरैलाई चकित बनायो । चलनचल्तीकै भाषामा भन्ने हो भने रिल लाइफमा द्वन्द्व गर्ने निखिल रियल लाईफमा ’साधु’ बनेका छन् । उनी हेर्दा होइन, विचारले किनकी उनले संसार बुझिसकेका छन् । र, आफूलाई पनि ।

साधारण जीवनशैलीमा रमाउने निखिलकै फिल्मी ट्रेन्ड अहिले नेपालमा हावी छ । उनले साउथमा सिकेका टेक्निकको अपग्रेड भर्सन अहिले नेपाली फिल्मलाई चाहिएको छ । किनकी यहाँ अब केजीएफ प्रतिक्षित फिल्म बन्न थालेको छ ।

पुष्पाको डायलग जनजिब्रोमा झुन्डिन थालेका छन् । एक्सन, मसला फिल्महरु पछिल्लो समय दर्शका प्रिय बनेका छन् । यद्दपि निखिल तत्कालै केही गर्ने तयारीमा छैनन् । कुनै समय नेपाली फिल्मका लागि १६ घण्टा बढी समय दिएका उनी अहिले आफू र आफ्नो परिवारसँगै छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ४५ बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्