पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध | Khabarhub Khabarhub

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु नगरपालिका–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीन डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

मङ्गलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो । बाढीले डाइभर्सन बगाएको स्थानमा प्रहरीले डोजरको सहयोगमा डाइभर्सन निर्माण गरिरहेको वन्तले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : १४ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी