निर्देशक बन्ने तयारीमा इमरान  | Khabarhub Khabarhub

निर्देशक बन्ने तयारीमा इमरान 


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा फिल्म ‘जाने तू या जाने ना’ बाट उदाएका अभिनेता इमरान खान फिल्मबाट अहिले टाढा छन् । अभिनेता आमिर खानका भान्जा समेत रहेका इमरान सामाजिक सञ्जालमा पनि उति सक्रिय छैनन् । अब भने इमरानले फिल्ममा पुनरागमन गर्ने तयारी गरेका छन् ।

इमरानको फिल्मी पुनरागमन अभिनेताका रुपमा नभई निर्देशकका रुपमा हुँदैछ । इमरान अभिनीत पछिल्लो फिल्म ‘कट्टी बट्टी’ सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । फिल्म असफल भएपछि उनी पनि अभिनय करियरबाट टाढिएका थिए । फिल्मबाट टाढिएपछि उनले प्रेमिका अवन्तिकासँग विवाह गरे । तर, दुर्भाग्य अहिले अवन्तिकासँगको सम्बन्धविच्छेदका कारण इमरान चर्चामा छन् ।

इमरान निकटका अनुसार उनी अब निर्देशनमार्फत फिल्ममा फर्कने तयारीका लागि स्क्रिप्टको काम गरिरहेका छन् । उनी सन् २०२३ बाट सुटिङ शुरु गर्ने योजनामा छन् । उनी आफूले निर्देशन गर्ने फिल्ममा अभिनय गर्छन् या गर्दैनन् भन्ने चासो आम दर्शकमा छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ३ : ०६ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ