अझै भेटिएन तारा एअरको बेपत्ता विमान | Khabarhub Khabarhub

अझै भेटिएन तारा एअरको बेपत्ता विमान


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको बेपत्ता तारा एअरको विमानको खोजीकार्य अझै जारी छ ।

स्थानीय समयअनुसार बिहान ९ बजेर ५५ मिनेटमा उडेको टुविन अटर ९ एनएईटी विमान अन्तिमपटक जोमसोम टावसरँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

त्यसपछि विमान बेपत्ता छ ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार विमानको खोजी कार्यका लागि फिस्टेल एअरको हेलिकोप्टर परिचालन गरिएपनि खराब मौसमका कारण हेलिकोप्टरहरु खोजी अभियान स्थगित गरी पुनः जोमसोम नै फर्केको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मौसम सफा हुनासाथ खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयार रहेको जनाइएको छ ।

खोजी तथा उद्धार कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट त्यसतर्फ पठाइएको पनि नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  २ : ०३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको