आर्यनले पाए ‘क्लिन चिट’ | Khabarhub Khabarhub

आर्यनले पाए ‘क्लिन चिट’


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केही समय अगाडी बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान तर्फ सबैको ध्यान मोडियो ।

गत वर्षको ३ अक्टोबरमा मुम्बई क्रुजमा भइरहेको लागुऔषध पार्टीमा सहभागी भएको भन्दै एनसीबीले छापा मारेपछि आर्यनसहित आठ जना पक्राउ परेका थिए ।  लागुऔषध मामिलामा आर्यन फसेपछि उनलाई करिब १८ दिनसम्म जेलमा राखेपछि बम्बई उच्च अदालतबाट जमानत पाएका थिए ।

यिनै आर्यनले ‘क्लिन चिट’ पाएका छन् । लागुऔषध मामिलामा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले ६ हजार पृष्ठको चार्जसिट अदालतमा प्रस्तुत गरेको छ । जहाँ १४ जना आरोपीको नाम उल्लेख भएता पनि चार्जसिटमा आयर्नको नाम छैन ।

‘आर्यन र मोहकबाहेक सबै आरोपीले नशालु पदार्थ सेवन गरेका थिए । १४ व्यक्तिविरुद्ध एनडीपीएस एक्टको विभिन्न धारा अनुसार उजुरी दर्ता गरिँदैछ । बाँकी पाँचजनाविरुद्ध प्रमाणको अभाव भएकाले उजुरी दर्ता गरिने छैन’, प्रहरी अधिकृत सञ्जयकुमार सिंहले एनसीबीलाई आर्यन खानसहित अन्य पाँचविरुद्ध कुनै प्रमाण नभेटिएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १२ : ५५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले