अर्थमन्त्री शर्माले आज संसदमा बजेट प्रस्तुत गर्दै | Khabarhub Khabarhub

अर्थमन्त्री शर्माले आज संसदमा बजेट प्रस्तुत गर्दै


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

आइतबार दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्नेछन् । आजको बैठकमा सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन् ।

बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ।

योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो।

शनिबार प्रतिनिधि सभाले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ६ : ३० बजे

बहस : अब बदल्नैपर्छ निर्वाचन प्रणाली

नेपालमा राणा शासनको इतिहास खोतल्दै जाँदा ‘राणा शासन’का ऐतिहासिक पानासम्मै

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित

काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर लेभरकुजेनले फराकिलो जित निकालेको छ

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ

आईपिएलको यो सिजनमा कसले कति छक्का प्रहार गरे ?

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपिएल जारी छ। प्लेअफ लडाइँ