महाँकाल गाउँपालिकाको नाम परिवर्तन विवाद, एमालेले ज्ञापनपत्र बुझाउँदै  | Khabarhub Khabarhub

महाँकाल गाउँपालिकाको नाम परिवर्तन विवाद, एमालेले ज्ञापनपत्र बुझाउँदै 


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँसभाको निर्णयमा नेकपा एमालेले विरोध गरेको छ ।

गत असार १० गते बसेको दोस्रो गाउँसभाले  गाउँपालिकाको नाम महाँकाल बैतरणी बनाउनेका लागि प्रदेशलाई सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो ।

एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईँले जिल्ला नेतृत्वसहित महाँकाल गाउँपालिकाका उपलब्ध अगुवा नेताको बैठकले सर्वसहमति नामाकरण भएकोमा नाम परिवर्तन गर्नु अव्यवहारिक भएको बताए । आज एमालेले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णयसँगै यहाँ विभिन्न नाम राख्नुपर्ने तर्क सुरु भएको छ । पालिकामा कालेश्वर, सिम्बा झरना, विविरेचौर, बैर्तणी, तोक्तोङगुम्बा नाम राख्नु पर्ने विवाद उत्पन्न भएको छ ।

राज्य पुनर्संरचनाका बेला बुखेल, मानिखेल, गोटिखेल, चन्दनपुर, कालेश्वर र ठूलादुलुङ गाविसलाई क्रमशः वडा बनाएर गाउँपालिका गठन गर्ने सर्वसम्मत निर्णय भएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : २० बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका