मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्नेः बागमती प्रदेशका सभामुख श्रेष्ठ | Khabarhub Khabarhub

मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्नेः बागमती प्रदेशका सभामुख श्रेष्ठ


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिकोत्सवका अवसरमा आयोगको बागमती प्रदेश कार्यालयद्वारा हेटौँडामा आज आयोजित कार्यक्रम शुभारम्भ गर्दै उनले  मानव अधिकार संरक्षणको सवालमा सबै एकजुट हुनुपर्ने  र राज्य सञ्चालन गरिरहेका व्यक्ति तथा निकायले आ-आफ्ना अधिकार तथा कर्तव्य बुझ्न सके सबै समस्या समाधान हुने उल्लेख गरेका छन् । घरपरिवार र समाजबाट राम्रो संस्कार र संस्कृतिको विकास गर्नसके समाजमा कुनै खालको घटना नहुने सभामुख श्रेष्ठको भनाइ थियो ।

सोही प्रदेशका भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री शन्त प्रजाले नागरिकको मानव अधिकार संरक्षणको सवालमा कुनै किसिमको भेदभाव गर्न नहुने बताए ।आयोगका प्रादेशिक प्रमुख यज्ञप्रसाद अधिकारीले द्वन्द्वका बेलामा नागरिकको सुरक्षाका लागि आयोगले निर्वाह गरेको भूमिकाबारे चर्चा गरे ।
हेटौँडा उमहानगरपालिकाका प्रमुख मीना लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मानव अधिकारका विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ३ : ४३ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत