सङ्‍कटमा रहेको अर्थतन्त्रलाई सरकारले उकास्‍नुपर्छ : गगन थापा | Khabarhub Khabarhub

सङ्‍कटमा रहेको अर्थतन्त्रलाई सरकारले उकास्‍नुपर्छ : गगन थापा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अर्थतन्त्र समस्याग्रस्त मात्र नभई सङ्‍कटमा फस्दै गएको बताएका छन् ।

सरकारले तत्काल सङ्‍‍कटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्नेगरी सम्बोधन गर्नुपर्ने उनले औँल्याए ।

सङ्‍घीय संसद्‍मा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकारसँग सङ्‍कटमा फसेको अर्थतन्त्रलाई उकास्‍नेगरीको जोखिम बहन गर्न सक्ने क्षमता हुनुपर्ने बताए ।

‘मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, सङ्‍कटमा फस्‍न थालेको छ । आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ । जोखिम आइसक्यो । जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्‍यो’, थापाले भने ।

उनले वर्षेनी ब्यापार घाटा उच्च हुँदै गएको भन्दै चिन्तासमेत ब्यक्त गरेका छन् । ‘हाम्रो व्यापार घाटा उच्च भयो । गएको वर्ष पनि थियो । विगत १०–१२ वर्षयता लागतार ब्यापार घाटा छ । आगामी वर्ष अझ बढ्नेवाला छ । हाम्रो आम्दानीको स्रोत सीमित छ’, थापाले भने, ‘रेमिट्यान्स छ । थोरै वैदेशिक लगानी आएको छ । थोरै अनुदान आएको छ । आम्दानीको स्रोत कम छ । खर्च बढी छ ।’

उनले ब्यापार घाटा न्यूनीकरण गर्न उत्पादन बढाएर निर्यात वृद्धि गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ०२ बजे

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको