नेपाल र टिमोर लिस्टे भिड्दै | Khabarhub Khabarhub

नेपाल र टिमोर लिस्टे भिड्दै


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बन्द प्रशिक्षणका लागि कतारमा रहेको नेपाली टोलीले त्यहाँ दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपालले ३ जुनमा दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्दैछ । एसियन कप तेस्रो चरणको छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन् ।

नेपाली टिम
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ (कप्तान)

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १२ : २३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र