रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना | Khabarhub Khabarhub

रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् ।

खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा दल’ को प्रत्याक्रमणका कारण प्रवेश गर्न असफल रहँदै आएका थिए ।

तर, पछिल्लो पटक भने रुसी सेनाले खार्किब शहरको सुरक्षा परिधि नाघेर शहरको केन्द्रतर्फ आउन थालेको खार्किब क्षेत्रीय प्रशासनका अध्यक्ष ओलेग सिनेगुबोभले जनाएका छन् ।

‘शहरको मध्यभागतर्फ साना हतहतियार सहित रुसी फौजको घुसपैठ भएको छ ।’ सिनेगुबोभलाई उद्धृत गर्दै युक्रेनको द किभ इन्डिपण्डेन्ट अखबारले जनाएको छ ।

अहिले खार्किब शहरभित्र र शहरआसपास भीडन्तहरु भइरहेको जनाइएको छ । द किभ इन्डिपेण्डेन्टका अनुसार अधिकारीहरुले स्थानीय बासिन्दाहरुलाई घरभित्रै सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : २९ बजे

कृषकलाई हाते ट्रयाक्टर वितरण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ३ का कृषकलाई हाते ट्रयाक्टर वितरण

आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल प्रतियोगिता आजदेखि

काठमाडौं– नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा आजदेखि आठौँ प्रधानमन्त्री कप

मनै लोभ्याउने तोप चराको इन्जिनियरिङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – भँगेरा वर्गमा पर्ने तोप

किंग्स कप : अल हिलाललाई उपाधि

काठमाडौं– किंग्स कप फुटबलको उपाधि साउदी प्रो लिग च्याम्पियन अल

आज भारत लोकसभाको अन्तिम चरणको मतदान

काठमाडौं – भारतमा आज सातौं चरणको मतदान हुँदैछ। भारत लोकसभाको