एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवाकै अनिच्छा | Khabarhub Khabarhub

एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवाकै अनिच्छा


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेर्ने निर्णय अलपत्र परेको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले पटक पटक भेटेर मन्त्री फेर्न दबाब दिँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्न मानेका छैनन् ।

शुक्रबारको गठबन्धनको बैठकमा आइतबारसम्ममा मन्त्री फेर्ने बचन दिए पनि मन्त्री हेरफेरको कुनै तयारी नभएको बालुवाटार स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीले भने नयाँ मन्त्रीको शपथ आइतबार हुने जनाएको छ । ‘प्रधानमन्त्रीकै बाचा अनुसार आज मन्त्री हेरफेर हुनु पर्ने हो, हामी त्यसमा आशावादी छौ ।’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले खबरहबसँग भने । प्रधानमन्त्रीसँग भएको कुराकानीमा पनि आजका लागि भाखा राखिएको उनको भनाइ छ ।

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने हालसम्म मन्त्री हेरफेरको कुनै तयारी नभएको जानकारी दिएका छन् । ‘भरेसम्म के हुन्छ भन्न सकिन्न तर अहिलेसम्म मन्त्रीमण्डल पुनर्गठनको सुचना आएको छैन।’उनले खबरहबसँग भने ।

यस्तै मन्त्री बन्ने सूचीमा रहेका एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पनि आफूहरूलाई हालसम्म शपथका लागि कुनै सुचना नआएको बताएका छन् । उनले निराश हुँदै भने– ‘हामी प्रधानमन्त्री कार्यालयको फोन कुरिरहेका छौ । तर अहिलेसम्म कुनै सुचना, खबर आएको छैन ।’

एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेको ३ साता बित्न लाग्दासमेत प्रधानमन्त्री देउवाले मुख खोलेका छैनन् । जनता समाजवादी पार्टी, माओवादी केन्द्र र आफ्नै दल कांग्रेसमासमेत मन्त्री फेर्न दबाब पर्ने भन्दै उनले आनाकानी गरिरहेको हुनसक्ने कतिपयको बुझाइ छ ।

एकीकृत समाजवादीले देउवा सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरी अन्य चार जनालाई फिर्ता बोलाउने निर्णय शनिबार मात्रै केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : १० बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण