जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन : मतगणना आज | Khabarhub Khabarhub

जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन : मतगणना आज


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि निर्वाचन अन्तर्गत आइतबार बिहान मतगणना सुरु हुँदैछ।

प्रमुख निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीका अनुसार उम्मेदवार र प्रतिनिधिसँग बसेर छलफल गरेपछि मतगणना सुरु गर्न लागिएको हो ।

वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको मतदानमा ९७७ मत खसेको छ । जीतपुरस्थित संघको भवनमा भएको मतदानमा वाणिज्यतर्फ ८९२, उद्योगतर्फ ८१ र एशोसियटतर्फ ४ मत खसेको हो ।

संघको वाणिज्यतर्फ एक हजार २१६, उद्योगतर्फ ८३ र एशोसियटतर्फ ६ गरी कुल एक हजार ३०५ मतदाता थिए । कुल मतको ७४.८७ प्रतिशत मत खसेको हो ।

संघको १९ सदस्यीय कार्यसमितिमध्ये निर्वाचनबाट वाणिज्य र उद्योगतर्फ गरी १६ जना निर्वाचित हुनेछन् । यसअघि संघको अध्यक्षमा मोहन शर्मा र उद्योगतर्फ सचिवमा मुकेशप्रसाद निर्विरोध निर्वाचित भइसकेका छन् भने एशोसियटतर्फको सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : १४ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला