‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधि | Khabarhub Khabarhub

‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधि


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाल कलाकार, बाल मोडल तथा बाल गायिका परिश्ना बास्तोला यतिबेला चर्चामा छिन् । १० वर्षकै उमेरमा विभिन्न उपलब्धीहरू हासिल गरिसकेकी यी प्रतिभावान् बाल कलाकार यसै साता राजधानीमा  ‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधिबाट सम्मानित भएकी छिन् । परिश्नालाई  ‘मिस लिटिल आइकन नेपाल–२०२२’ को पहिलो उपाधि विजेताको रुपमा सम्मानित गरिएको हो ।सुनसरीको ईटहरीमा जन्मिएर हाल काठमाडौंमा वसोबास गरिरहेकी परिश्ना कक्षा ६ मा अध्ययनरत छिन् ।

साढे दुई वर्षको उमेरमै सन् २०१४ मा एउटा फोटो सेसनमा सहभागि हुँदै परिश्नाले आफ्नो मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन् । त्यसको तीन वर्षपछि साढे पाँच वर्षको उमेरमा परिश्नाले लेट मि डान्स स्कूल च्याम्पमा भाग लिइन् । सन् २०१९ मा किड्स क्यापिटल २०१८ मा सहभागिता जनाएर परिश्नाले बेस्ट डान्स तथा पपुलर च्वाइस विधाको अवार्ड जित्न सफल भइन् ।

आफू अध्ययनरत विद्यालयका सांगीतिक तथा नृत्य प्रतियोगितामा सहभागिता जनाएर प्रथम पुरस्कार जितिसकेकी पेरिश्नाले अघिल्लो वर्ष सम्पन्न पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२१ मा बेस्ट रनवे मोडल किड्स २०२१ को अवार्ड पाइसकेकी छिन् । हालसम्म तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी पेरिश्ना गायिका समेत हुन् । उनले एउटा गीतको रेकर्डिङ गरिसकेकी छिन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ४ : ३१ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा