नागरिकतासम्बन्धी विधेयक नेपालको हितमा छैन : चित्रबहादुर केसी | Khabarhub Khabarhub

नागरिकतासम्बन्धी विधेयक नेपालको हितमा छैन : चित्रबहादुर केसी


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन्। सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउने गरी अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसाङ्ख्यिक आक्रमण भएसरह हुने दाबी गरे। केसीले नागरिकले नागरिकता पाउने विषयमा आफूहरूको विरोध भने नरहेको स्पष्ट पारे।

केसीले वंशजको नागरिकता दिनको लागि आमा पनि वंशज र बुवा पनि वंशज हुनुपर्ने आफूहरूको अडान रहेको धारणा राखे। उनले नेपालमा राजनीति गर्ने भनेको जनता र देशको पक्षमा काम गर्ने भन्दा पनि राजनीति अहिले व्यवसाय भएको टिप्पणी गरे। अध्यक्ष केसीले अहिलेको पाँच दलीय गठबन्धन आगामी संसद्को निर्वाचनसम्म नै कायम गरिने स्पष्ट पारे।

अमेरिकाको एसपिपी कार्यक्रम अस्वीकार गर्नेबारे नेपालका दलले लिएको निर्णय स्वागतयोग्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र