जनताको चाहनाअनुसार विकास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल | Khabarhub Khabarhub

जनताको चाहनाअनुसार विकास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छिन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् , ‘जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास जनताका लागि हो भन्ने विषयलाई बुझ्नुपर्छ ।’

ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरि विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जनताको चाहनाअनुसार विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास दिलाइन् ।  उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारी निकाय नै सक्षम रहेको बताउँदै त्यस्ता निकायको सुविधाको उपयोग गर्न आम जनतालाई आग्रहसमेत गरिन् । मन्त्री भुसालले भनिन्, ‘जिल्ला अस्पतालले राम्रो सेवा दिन्छ, सबै प्रकारको उपचार हुन्छ, यहाँका जनतालाई महँगो निजी अस्पताल जानुपर्ने बाध्यता छैन ।’

त्यसैगरी स्थानीय सरकारी विद्यालयमा निजीकोभन्दा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा सरकारी विद्यालयलाई जिम्मेवार बनाएर गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । शिक्षासँगै सीप र व्यावसायिक क्षमता विकास गर्नुपर्ने बताउँदै मन्त्री भुसालले भनिन्, ‘स्थानीय वडाले महिलालाई सीप उपलब्ध गराएर आयआर्जन गर्न सक्ने बनाउनुपर्छ । त्यसका लागि सहयोग गर्न तयार छु ।’ आफूले ऊर्जा मन्त्रालय सम्हालेपछि ललितपुरका सिँचाइ नभएको स्थानमा सिँचाइ उपलब्ध गराएको र भू–क्षयको नियन्त्रणको विषयलाई विशेष प्राथमिकता दिएर बजेट र कार्यक्रम उपलब्ध गराएको उनले बताएकी छिन् ।

कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले प्रदेश सरकार र सङ्घीय सांसद भुसालको सहयोगमा निर्माण भएको बहुउद्देश्य हलबाट स्थानीयले महत्वपूर्ण लाभ लिनसक्ने बताए । उनले स्थानीय समुदायको प्रतिनिधिमूलक संस्थाले सम्पूर्ण व्यवस्थापन, मर्मतसम्भार एवं उचित हेरविचार गर्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ३ : १० बजे

महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ

महासंघ र पर्यटन मन्त्रीबीच भेट- पर्यटन क्षेत्रका छ समस्याबारे ध्यानाकर्षण

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान

‘पार्टी फुटाउन ठूलै खर्च गरेछन्, छाडेर गएकाहरू पछुताउने छन्’

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

निकुञ्जमा वन्यजन्तुका लागि कृत्रिम पोखरी

नवलपुर– लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि

अनमोलले कटाक्ष गरेपछि प्रदीपको जवाफ : ए हो र ?

काठमाडौं – ‘अहिले मेरा कुनै योजना छैनन् । अरु कलारकारको