साउदीमा थप ९९ नेपालीले पाए एक्जिट भिसा  | Khabarhub Khabarhub

साउदीमा थप ९९ नेपालीले पाए एक्जिट भिसा 



दोहा  – साउदीमा अवैधानिक रुपमा बसेका ९९ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । १७ देखि २३ जुन सम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ गरिएका मध्ये ९९ जनाको एक्जिट भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको थियो ।

दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएकाहरूले दूतावासबाट एक्जिट भिसाको पेपर लिनुपर्नेछ । एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्न दूतावासले भनेको छ ।

एक्जिट भिसा प्रोसेस निःशुल्क हुनेछ । नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको दूतावासले जनाएको छ । तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्न पनि अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा तर रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सक्ने दूतावासले जनाएको छ । एक्जिट भिसा प्रोसेसिङका लागि ०५०००२१४०९ वा ०५४७०४५२७२ मा सम्पर्क गर्न सकिनेछ ।

कस्तो अवस्थामा लाग्छ एक्जिट भिसा ?

१. इकामाको म्याद सकिएको ३ महिना भन्दा बढि भैसकेका
२. साउदी आएको ३ महिना भन्दाबढि समयसम्म पनि इकामा नबनाइदिएका
३. हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेस गर्न सकिनेछ ।

इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ दूतावासबाट गर्न मिल्दैन।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : ११ बजे

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई सम्पत्ति ठानेर लगानी गरेँ, उनीहरूले सन्तोष दिए’

पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु

घरमा शमीको बिरुवा रोप्दा के हुन्छ ?

काठमाडौं– सनातन धर्ममा घरमा बिरुवा लगाउनुलाई शुभ मानिन्छ । किनकी

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको