‘म यस्तो गीत गाउँछु २’ आजदेखि हलमा | Khabarhub Khabarhub

‘म यस्तो गीत गाउँछु २’ आजदेखि हलमा


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको तेस्रो लहरपछि पहिलोपटक नेपाली चलचित्र आज (शुक्रबार)देखि सिनेमा हलमा लाग्दैछ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो ।

चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । सांगीतिक कथावस्तुमा आधारित ‘म यस्तो गीत गाउँछु २’ सिक्वेल चलचित्र हो । यसअघि ‘म यस्तो गीत गाउँछु’चलचित्र पनि सफल भएको थियो । पल शाह र पूजा शर्माको अभिनयलाई सबैले मन पराएका थिए ।

तर, यससपटक भने माहोल अलि फरक देखिएको छ । चलचित्रका अभिनेता पल शाहविरुद्ध एक गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी परेको छ । सोही कारण पल शाहको जुन लोकप्रियता छ त्यसमा यो काण्डले असर गर्ने र चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ । यो कुरालाई निर्माता एवं अभिनेत्री पूजा शर्माले पनि स्वीकारेकी छन् । उनले आफ्नो टिमप्रति कालो छायाँ परेको र कसैको आँखा लागेको टिप्पणी गरेकी छन् ।

नेपाली चलचित्रकर्मीहरूले भने जे जस्तो भए पनि यो महामारीका बीचमा ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले चलचित्र रिलिज गरेर ठूलो जोखिम मोलेको भन्दै दर्शकले नेपाली चलचित्रलाई माया गरिदिनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । नेपाली दर्शकले धेरै समयदेखि फ्रेस नेपाली चलचित्र हेर्न नपाइरहेको अवस्थामा ‘म यस्तो गीत गाउँछु २’ले राम्रै साथ पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : १४ बजे

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रुपैयाँ १६ अर्ब लगानी

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप

हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै

काठमाडौं – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम