भदौ ३ मा 'माइकल अधिकारी'  | Khabarhub Khabarhub

भदौ ३ मा ‘माइकल अधिकारी’ 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म  ‘माईकल अधिकारी’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोस्टरमा फिल्मका मुख्य पात्रहरुको लुक्ससँगै उनीहरुको जीवनशैलीलाई देखाइएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ पैसाको बिछ्याउनामा प्रेमिल भावमा देखिन्छन् ।

यसको प्रदर्शन मिति भाद्र ३ गतेलाई फाइनल गरिएको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । यसमा सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ । उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य छन । फिल्ममा आत्मियता, भावनात्मक सम्बन्धनसँगै हास्यरस मिसिएको निर्माण टिमले जनाएको छ ।

उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको यसमा सौगात र सृष्टिका अलावा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ५७ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन