दुल्हनियाँ फ्रेनचाइजमा वरुण र आलिया | Khabarhub Khabarhub

दुल्हनियाँ फ्रेनचाइजमा वरुण र आलिया


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरुण धवन र आलिया भट्टले बलिउडमा एक साथ केही फिल्ममा काम गरेका छन् ।

डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत बलिउडमा सँगै काम गरेका दुई कलाकारले हम्टी शर्माकी दुल्हनियाँ र बद्रिनाथकी दुल्हनियाँमा काम गरिसकेका छन् । अब वरुण र आलियालाई लिएर निर्देशक शशांक खेतानले दुल्हनियाँ सिरिजको तेस्रो फिल्मको तयारी थालेका छन् ।

फिल्ममा वरुण र आलिया नै राखिने निर्माण कम्पनी धर्मा प्रोडक्सनले समेत जनाइसकेको छ । फिल्ममा अन्य कलाकार को-को हुनेछन भन्ने विषयमा अझै टुङ्गो नलागेको बताइएको छ। यद्यपि फिल्म रम-कम जनरामा बन्ने निर्देशक खेतानले बताएका छन् । हम्टी शर्माकी दुल्हनियाँले बक्स अफिसमा एभेरेजकै व्यापार गरेता पनि बद्रिनाथकी दुल्हनियाँले राम्रो व्यापार गरेको थियो ।

डेब्यु फिल्म देखि नै धर्मा प्रोडक्सनका करण जोहरले बलिउडका दर्शक माझ वरुण र आलियाको जोडीलाई स्थापित गराउने उद्देश्यका साथ आफ्ना फिल्महरुमा कास्ट गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : २२ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना