साउदीको जेद्धामा १८ महिनादेखि बिरामी भई छटपटाइरहेका नेपालीको उद्धार | Khabarhub Khabarhub

साउदीको जेद्धामा १८ महिनादेखि बिरामी भई छटपटाइरहेका नेपालीको उद्धार



दोहा– साउदी अरबको जेद्धामा विगत १८ महिनादेखि बिरामी भई छटपटाइरहेका एक नेपाली युवाको उद्धार गरिएको छ । जाजरकोट घर भएका आयुष रानाको उद्धार गरी जेद्वास्थित अलविर अस्पताल भर्ना गरिएको हो ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा साउदीमा नेपाली युवा छटपटाइरहेको एक भिडियो सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिडियोबारे चासो राख्दै रानाको उद्धार र उपचारमा पहल गरेका हुन् ।

मन्त्री श्रेष्ठले सार्वजनिक भिडियोबारे वास्तविकता बुझ्न त्यहाँको महाबाणिज्य दूतावासलाई खबर गरे लगतै दूतावासका श्रम सहचारी प्रेम उपाध्यायसहितको टोली बिरामीको अवस्थाबारे जानकारी लिदै उपचार गर्न स्थानीय अस्पतालमा भर्ना गरेको थियो ।

श्रम सहचारी उपाध्यायका अनुसार बिरामी रानासहित ८ जना नेपाली अलपत्र परेको र केही महिनादेखि दूतावासले खानको व्यवस्था गर्दै आएको जानकारी दिए । ८ जनामध्ये एक जना नेपाल फर्किसकेका छन् भने अन्य ६ जना भोलि (मंगलबार) नेपाल फर्किने बताए ।

बिरामी रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको तर, उनको पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने बताईएको छ । उनी बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि महाबाणिज्य दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचार गरेको महाबाणिज्यदूत शत्रुधन पोखरेलले बताए।

उनी ललितपुरको न्यू वल्र्ड ओभरसिज म्यानपावरमार्फत डिसेम्बर १६, २०१९ मा साउदी अरब पुगेका थिए । आयुष छारे रोगजस्तो देखिने समस्याबाट १८ महिनादेखि थलिएका थिए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : २७ बजे

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री यादव 

पर्सा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको

बागलुङमा गर्भपतन गराउने बढे

गलकोट– बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले