सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ | Khabarhub Khabarhub

सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले आज त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा उनले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिएका थिए । प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानका रूपमा रहेको सिरियाको माउण्ट हर्मन इलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्रसङ्घको विश्वसनीयता बढाएकामा शान्ति सैनिकलाई धन्यवाद दिए ।

निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मासहितको टोलीले सिरियाका सैनिक अधिकृत तथा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ११ : ०१ बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्