बलात्कार आरोपित पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा दर्ता | Khabarhub Khabarhub

बलात्कार आरोपित पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा दर्ता


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा दर्ता भएको छ ।

पाण्डेमाथि मानवबेचबिखन र यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए । 

आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक युवतीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । यो घटना सार्वजनिक भएपछि अर्की एक किशोरीले पनि पाण्डेले आफूमाथि पनि बलात्कार प्रयास गरेको भन्दै जाहेरी प्रहरीमा दिएकी छन् । 

पक्राउ परेका पाण्डेमाथि ८ वर्ष अघिको घटनामाथि जाहेरी दिने १ वर्षे हद म्यादका कारण प्रहरीले मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता गरेको र अर्की किशोरीको जाहेरीको आधारमा यौन दुर्व्यवहारको मुद्दा चलाएको महानगरीय प्रहरी परिसर प्रमुख गिरीले बताए । 

उमेरले नाबालिग भएकाले उनको केसमा हदम्याद आकर्षित नहुने उनको भनाइ छ । आरोपी पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको पनि गिरीले बताए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : २२ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका