हेटौंडा उपमहानगरका जनप्रतिनिधिले लिए शपथ | Khabarhub Khabarhub

हेटौंडा उपमहानगरका जनप्रतिनिधिले लिए शपथ


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर, १९ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु गरि ९७ जना जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका हुन् ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले हेटौंडाको मेयर मीना कुमारी लामालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । लामाले शपथ लिएलगत्तै उपमेयर राजेश बानियाँ, वडा अध्यक्ष तथा वडा सदस्यहरूलाई शपथ गराएकी थिइन् ।

शपथ ग्रहणपछि हेटौंडा- ११ मा रहेको सहिद स्मारकमा रहेर सहिदहरूको सम्मान गर्ने र सबै वडामा पदभार ग्रहण गर्ने तालिका रहेको छ ।

शपथ ग्रहणपछि मेयर लामाले जनभावनाअनुसार काम गर्ने बताइन् । उनले चुनावअघि घोषणापत्रमा उल्लेख भएअनुसारको काम गर्दै हेटौंडालाई समृद्ध बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : ५१ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको