रम्भा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दोहोरिए | Khabarhub Khabarhub

रम्भा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दोहोरिए


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन् ।

नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी पाँच हजार ५८३ मतसहित दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत ल्याएर हार ब्यहोरे ।

उपाध्यक्षमा पनि एमालेकै राधादेवी श्रेष्ठ पाँच हजार ७१९ मत ल्याएर पुनः निर्वाचित भइन् । उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरे। अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वडा नं १ मा कांग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले एक हजार ६४३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाए । यहाँ खुला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य कांग्रेसका विजयी भएका छन् ।

वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मतसहित उनको प्यानल नै निर्वाचित भएको भने प्रतिस्पर्धी कांग्रेसका रमेशप्रसाद प्रसाईले ७३६ मत ल्याए ।

वडा नं ३ मा अध्यक्षमा नेपाली कांग्रेसका थमनबहादुर गाहाको प्यानल नै विजयी भएको छ । उनले एक हजार ४५३ मत ल्याई निर्वाचित भए भने उहाँका प्रतिस्पर्धी एमालेका रेउतबहादुर रानाले एक हजार ४१५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं ४ मा एमालेकै अध्यक्षमा कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । उनले ८३४ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत प्राप्त गरे।

वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १४० मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत पाए ।

निर्वाचनमा सो गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो । यससँगै जिल्लाका दश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : १५ बजे

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ?

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नवौँँ दिनमा प्रदर्शनरत