राप्रपा अब वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ : अध्यक्ष लिङ्देन  | Khabarhub Khabarhub

राप्रपा अब वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ : अध्यक्ष लिङ्देन 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन् । 

आज गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताएका हुन् ।  

‘राजा र पञ्चायतलाई गाली गरेर अब खाने दिन गए’ , सत्ता साझेदार दल र एमालेप्रति लक्ष्य गर्दै उनले भने ‘देश र धर्म जोगाउने पार्टी राप्रपा हो । राजनीतिलाई पेशा, व्यवसाय बनाएर खानेहरूको जनताले आगामी चुनावमा बाक्सा खाली गरेर देखाइदिने छन् ।’

उनले मेचीनगर नगरपालिकाको आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुख पदको उम्मेदवारमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईँको नाम घोषणा गर्दै भ्रष्टाचारलाई मुख्य शत्रुका रूपमा लिएर जनताको काममा समर्पित भएर लाग्न निर्देशन दिए ।

कार्यक्रममा देशभरबाट हजारौँ अन्य पार्टीका कार्यकर्ता राप्रपाप्रति नयाँ आशा र विश्वास लिएर पार्टी प्रवेश गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : १५ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा