कोरोनाविरुद्ध कम्बोडियामा ९३ प्रतिशतले पाए खोप | Khabarhub Khabarhub

कोरोनाविरुद्ध कम्बोडियामा ९३ प्रतिशतले पाए खोप


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । 

तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप नलगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले शनिबार दिएको जानकारी अनुसार नागरिकलाई लगाइएको खोप मध्ये सबैभन्दा धेरै चिनियाँ खोप रहेको छ । 

दक्षिण पूर्वी एसियाली मुलुक कम्बोडियामा सन् २०२१ को फेब्रुअरी देखि कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु भएको थियो । 

झण्डै १४ महिनाको अवधिमा कम्बोडियामा आयात गरिएको खोप मध्ये सबैभन्दा धेरै चीनबाट आयात गरिएको छ । 

“मुलुकको एक करोड ४८ लाख ८० हजार मानिसलाई कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाइएको छ,” मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

कम्बोडियामा अहिले झण्डै एक करोड ६० लाख जनसङ्ख्या रहेको छ । खोप लगाएका मध्ये ८८ दशमलब ३ प्रतिशतले भने दुबै खोप लगाएका छन्, त्यो जनसङ्ख्या एक करोड ४१ लाखभन्दा बढी हुन्छ ।

त्यसैगरी ८२ लाख मानिस अर्थात ५१ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् भने १३ लाख अर्थात आठ प्रतिशतले चौथो डोज लगाएका छन् ।  यति धेरै मानिसले खोप लगाउँदा समेत कम्बोडियामा अहिले पनि दैनिक सङ्क्रमितहरू भेटिने गरेको जनाइएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २८ जनामा नयाँ सङ्क्रमण देखिएको छ । मृतकको सङ्ख्या भने शून्य रहेको छ । 

कम्बोडियामा अहिलेसम्म कुल एक लाख ३६ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ५६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ३ : ५० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार