खोप कार्ड हराए के गर्ने ? | Khabarhub Khabarhub

खोप कार्ड हराए के गर्ने ?


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले माघ ७ गतेदेखि कुनै पनि सार्वजनिक स्थलमा प्रवेश गर्न वा सेवा लिन जाँदा कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।

कोरोनाविरुद्धको औषधि नबनेको अवस्थामा यसबाट बच्न खोप नै उपयुक्त मानिएको छ। त्यसैले सरकारले खोपलाई अनिवार्य गरेको हो।

अब खोपकार्ड लिन तपाइले खोप नलगाएको भए लगाउनुपर्ने छ। त्यही कार्ड मोबाइलमा फोटो खिचेर पनि देखाउन सक्नुहुनेछ। तर खोपकार्ड हराए के गर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोपकार्ड हराएका व्यक्तिले खोप कार्डको प्रतिलिपि लिन सक्नेछन्।

दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ।

यस्तै जोनसन एण्ड जोन्सन खोप लगाएको भए जुन केन्द्रमा खोप लगाएको हो त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ।

यस्तै पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको शाखाबाट लिन सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ३५ बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।